यो चाँहि जातिय राज्य होईन?
२९ प्रतिसतले ७१ प्रतिसतलाई शासन गर्ने फर्मुला।
यति दिमाग त देश बिकासमा लगाएको भए केहि हुन्थयो होला नि।
हाम्रा जनजाति मित्रहरु नै ७ प्रदेश ७ प्रदेश,जातिय राज्य कुरा गर्नु हुदैन आदि ईत्यादि भनेर सुनिदाँ मिठो तर समस्या चाँहि समाधान नगर्ने कुराको गर्नु हुन्थयो वा पत्याउनु हुन्थयो तर जहिले अरुको चाँहि बिकास हुनै नदिने,बिभिन्न खेलमा शासन गरि रहने खोज्ने र जातिय रुपमै पिछडिएका वा बिभेद गरिएकाहरुको चाँहि कहिल्यै बिकास नहुने र त्यसका कारण देशकै बिकास नहुने स्थिति भई रहनेले गर्दा पनि जातिय रुपमा कुरा उठेको होईन र? पहिले तृ्थ्याङकहरु हेर्नु पय्यो नेपालमा जातिय रुपमा कसरी पछि परेको वा परिएको छ अनि त्यस पछि बिचार दिन सकिएला
त्यसमा पनि बाहिर मिठा कुरा तर नियत चाँहि तल डाटामा देखाईएको जस्तो भएकोले पनि शायद जातिय रुपमा कुरा उग्र भएको हो।
डाटा हेर्ने हो भने त जातिय राज्य नै जस्तो बन्दै रहेछ त्यो पनि कति कुटिलताका साथ बिभाजन गरिएको छ र हाली मुहाली कायम हुने गरेर गरिएको छ देख्न सकिन्छ।
२९ प्रतिसतलाई लगभग सबै तिर बहुमत हुने गरि बाँडिएछ,९१ प्रतिसत चाँहि कहि बहुमत हुन नदिने हिसाबमा बाँडिएछ।नियत प्रस्ट हुन्छ शायद।
यति दिमाग बरु जनजाति र अन्यलाई कसरी शासन गर्न वा माथि उठन नदिने(बहुमत हुन नदिने) भनेर लगाउनु भन्दा उनीहरुको बिकास पनि कसरी गर्ने,उनीहरुलाई पनि कसरी अधिकार दिने भनेर लगाईदिएको वा लगाई दिए र देसको बारेमा सोचे वा सोचेको भए देश संसारकै एक गरिब देशमा पर्दैन्थो होला।
बाँकी आफै हेर्नुहोस,सोच्नुस।
सबैको बिकासमा देशको बिकास छ।निहित स्वार्थ भन्दा देशको स्वार्थको बारेमा सोचौ ।

No comments:
Post a Comment